बालबिकास र सिकाई प्रभावकारिताका लागि अभिभावक शिक्षा
बालबालिकाको विकास, सिकाइ र समग्र व्यक्तित्व विकासमा शुरूको आठ वर्षसम्मको उमेर एकदमै महत्वपूर्ण समय मानिन्छ । यस बेलामा सिकेका हरेक कुराहरू ज्ञान, सिप, अनुभव, व्यवहार भावी जीवनको एक आधारको रूपमा रहने हुनाले उक्त समय व्यक्तित्व विकासमा गरिने लगानी, हेरविचार मानव जीवनको महत्वपूर्ण अर्थ राख्दछ ।
अभिभावकहरू यस किसिमका सिकाई क्रियाकलापहरूको सही जानकारीको अभावले पूर्व प्रावि तथा प्रिस्कूलका कक्षामै पढाइ, लेखाइ, घोकाइ र घरमा पनि सोही प्रकृतिको पर्याप्त गृहकार्यको अपेक्षा गरेको पाइन्छ । अझ यिनै प्रकारले सिकाइ हुने पूर्व प्रावि तथा प्रिस्कूल अभिभावकको रोजाईमा परे बालविकासको मामिलामा एक त्रुटिपुर्ण निर्णय हुने सम्भावना रहन्छ । जसले बालबालिकालाई सिर्जनात्मक, जिज्ञासु र समस्या समाधान गर्न सक्षम बनाउनुको सट्टा निश्चित विषयहरूमा केन्द्रित, एकोहोरो प्रवृति हुने अवस्था देखिन्छ । जसको परिणाम बालबालिकाको अन्तरनिहित प्रतिभा र व्यक्तित्व विकास अझ संकुचित हुने सम्भावना रहन्छ ।
जन्मपूर्व र जन्म पश्चात हरेक पल बालविकास अर्थात् बालबालिकाको सर्वाङ्गीण विकासको भएकोले यो समय अत्यन्त महत्वपूर्ण रहन्छ । गर्भवती आमाको स्वास्थ्य, पोषण तथा मनोवैज्ञानिक अवस्थाको प्रत्यक्ष प्रभाव गर्भमा रहेको शिशुमा पर्ने हुन्छ । त्यसैले गर्भ अवस्थादेखि नै गर्भवती आमाको हरेक क्रियाकलाप, शारिरीक, मानसिक रूपमा स्वस्थ रहने सुनिश्चितता अपरिहार्य हुन्छ । बच्चा जन्मिदा सालनाल ठिक ढंगले काट्नेदेखि आमाको बिगौती दधू खान दिने, सही ढंगले दूध खुवाउने कुराहरू, सुत्केरीलाई पोषिलो खाना दिनेदेखि नवजात शिशुको सरसफाई, खोप तथा हेरचाह आदि कुराहरूमा विशेष ध्यान दिनु आवश्यक रहन्छ ।
बालबालिकाको उमेरसँगै उसका लागि सिर्जनात्मक र सकारात्मक तथा मनोरञ्जनात्मक क्रियाकलापहरूवाट शारिरीक, भावनात्मक एवं सामाजिक, नैतिक विकासमा प्रत्यक्ष उपयोगी हुने खालका खेलौनादेखि लिएर अन्य आवश्यक सामग्रीहरुको व्यवस्थालाई मिलाउदै जानुपर्ने हुन्छ । यसै समयबाटै बालबालिकाको शारिरीक, वौद्विक, सामाजिक, भाषिक, संवेगात्मक, मानसिक विकासलाई सन्तुलित रुपमा सँगसँगै लैजानुपर्ने हुन्छ । तीन वर्ष पूरा नभएसम्म घरमै हेरविचार, सिकाइ तथा विकाससम्बन्धी उपयुक्त प्रवन्ध गर्ने र सो अवस्था नभएमा शिक्षाको साथसाथै बालबालिकाहरुको सर्वाङ्गीण विकासमा प्रतिवद्व एवं सेवासुविधा युक्त र पायक पर्ने पूर्व प्रावि तथा प्रिस्कूलका कक्षाहरूमा भर्ना गराउनुपर्दछ । बालबालिकाको विकास र सिकाइको दृष्टिले घर पहिलो विद्यालय र अभिभावक पहिलो गुरू हुन । विद्यालयमा दक्ष शिक्षकशिक्षिका रहे जस्तो गरमा पनि अभिभावक रूपी गुरूहरूमा बालबालिकाको सर्वाङ्गीण विकास बारेको आधारभूत जानकारी र निभाउनुपर्ने भूमिकाका बारेमा सचेतना आवश्यक हन्छ ।
विषेश गरी पूर्व प्रावि तथा प्रिस्कूलले कक्षामा पढाइमात्र होइन, बालबालिकाको विकास र सिकाइ सम्बन्धी क्रियाकलापहरू, बालबालिकाको सर्वाङ्गीण विकासमा प्रत्यक्ष सहयोग पुग्ने विभिन्न खेल तथा सिकाइ सामग्रीको व्यवस्था र ती सामग्री प्रयोग गरेर मनोरञ्जनात्मक र उत्प्रेरणात्मक तरिकाबाट बालबालिकाको विकास तथा सिकाइलाई टेवा पुग्ने गरी संचालन गरेका हुन्छन् । तर अभिभावकहरू यस किसिमका सिकाई क्रियाकलापहरूको सही जानकारीको अभावले पूर्व प्रावि तथा प्रिस्कूलका कक्षामै पढाइ, लेखाइ, घोकाइ र घरमा पनि सोही प्रकृतिको पर्याप्त गृहकार्यको अपेक्षा गरेको पाइन्छ । अझ यिनै प्रकारले सिकाइ हुने पूर्व प्रावि तथा प्रिस्कूल अभिभावकको रोजाईमा परे बालविकासको मामिलामा एक त्रुटिपुर्ण निर्णय हुने सम्भावना रहन्छ । जसले बालबालिकालाई सिर्जनात्मक, जिज्ञासु र समस्या समाधान गर्न सक्षम बनाउनुको सट्टा निश्चित विषयहरूमा केन्द्रित, एकोहोरो प्रवृति हुने अवस्था देखिन्छ । जसको परिणाम बालबालिकाको अन्तरनिहित प्रतिभा र व्यक्तित्व विकास अझ संकुचित हुने सम्भावना रहन्छ ।
२१औं शताव्दीको विश्व बजारमा प्रतिष्पर्धा गर्न सक्ने सवल र सक्षम जनशक्ति उत्पादन गर्नु आजको मुख्य प्राथमिकताको विषय हो । जसका लागि प्रारम्भिक वाल्यवस्थाका हरेक विकासका पक्ष र चरणहरूमा विषेश ध्यान दिनुपर्ने हुन्छ । त्यसैले घरपरिवार तथा अभिभावकको पनि उत्तिकै महत्वपूर्ण भुमिका रहने भएकाले अभिभावक शिक्षा व्यापक र निरन्तर रूपमा संचालन गर्नुपर्ने देखिन्छ । आज असल बिउ रोप्यो भने त्यसको प्रतिफल पछि पाउने हो । फल पाकिसकेपछि मलजल दिएर काम लाग्दैन । हामी अभिभावक एकातिर छ, स्कुल एकातिर छ, यसैले विद्यार्थीको भविष्यका लागि अभिभावक र शिक्षक एक ठाउँमा हुनैपर्छ । जहाँ अभिभावक स्कुल सँगै छ, त्यो बच्चाका लागि सिकाइको वातावरण अनुकूल हुन्छ । जहाँ अभिभावक छुट्टै, विद्यालय व्यवस्थापन छुट्टै हुन्छ, त्यहाँ बच्चा कहाँ हराउँछ, हराउँछ । त्यसैले बच्चाको जीवनको लागि तपाईं हाम्रो ठूलो जिम्मेवारी छ । जहाँ बच्चाको लागि स्थान दिइन्छ, त्यहाँमात्र बच्चाको सर्वाङ्गीण विकास हुन्छ । यसैले अभिभावकले जस्तै दुःख गरेर भए पनि बच्चाको निम्ति पहिलो प्राथमिकता दिउँ । जहाँ जन्म दिने आमाबुवा र कर्म दिने गुरु, गुरुआमा मिल्छ, अनिमात्र बच्चाको भविष्य सुन्दर हुन्छ ।
यसै सन्दर्भलाई मध्यनजर गरी नेपाल सरकारले गर्भावस्थाको स्याहार, जन्मपछि पोषण, स्वास्थ्य र सरसफाई, सुरक्षा, सिकाई र सर्वाङ्गीण विकास सम्वन्धी समष्टिगत विषयवस्तु समावेश गरी एकिकृत रुपमा अभिभावक शिक्षा कार्यक्रम ३ वटै निकायवाट तालिम र तथा सन्दर्भ सामाग्री प्रकाशन, विभिन्न प्रशिक्षण कार्यक्रम संचालन र आवश्यक समन्वय गरिरहेको छ ।
“जति चाँडो त्यति राम्रो हुन्छ” प्रारम्भिक बाल्यकाल शिक्षाको लागि राम्रो भनाई हो। प्रारम्भिक वर्षहरूमा बच्चाहरूको सिकाई र अनुभवले उनीहरूको विद्यालयमा र त्यसपछिका जीवनका अनुभवहरूमा रूपमा ठूलो प्रभाव पार्छ। यदि बच्चाहरू ती प्रारम्भिक वर्षहरूमा पछाडि छन् भने, तिनीहरूले अगाडी बढ्न धेरै संघर्ष गर्नुपर्ने हुनसक्छ । सबै प्रकारका सिकाइमा भएका कमीकमजोरीलाई सुधार्नु सुरुमा सिक्नुभन्दा धेरै कठिन र महंगो हुन्छ । तथ्य यो हो कि प्रारम्भिक बाल्यकालका वर्षहरूमा केन्द्रित उच्च गुणस्तरका कार्यक्रमहरूले देशभरिका सबै जातीय र आर्थिक समूहहरूको लागि शक्तिशाली दीर्घकालीन प्रभाव पार्न सक्छ।
त्यसैले, उच्च गुणस्तरको प्रारम्भिक बाल्यावस्था शिक्षामा बुद्धिमानीपूर्ण लगानीले बच्चाहरू, तिनीहरूका परिवारहरू र समग्र रूपमा हाम्रो समाजको लागि राम्रो जीवनको आधार हुनसक्छ।
तसर्थ प्रारम्भिक बाल्यावस्था शिक्षामा प्राथमिकता र बुद्धिमानीपूर्ण लगानी का साथै पूर्व प्रावि/प्रि-स्कूलमा बालविकासलाई टेवा पुर्याउने गरि गरिने शिक्षण सिकाईका क्रियाकलाप संग मिल्ने किसिमको वातावरण अभिभावकहरुले घरपरिवारमा बनाउन सके पक्कै पनि बालबालिकाको सर्वाङ्गीण विकासलाई अघि वढाउदै देश र विश्वले खोजेको जस्तो भविष्यमा दक्ष जनशक्ति उत्पादन गर्न सकिनेछ ।