‘कसरी गर्छ प्री-स्कूल/मन्टेश्वरीले पठनपाठनको विकास?’

प्री-स्कूल/मन्टेश्वरी स्कूलहरु यतिबेला निकै नै स्थापना भएका छन् । अभिभावकहरुले आफूसँग हुर्किदै गरेको आफ्नो बच्चालाई स्कूलमा पठाउँदा मात्रै भर्ना गर्दा खेरिको बारेमा नसोचेर पछि मेरो बच्चा यो स्कूलबाट युकेजीसम्म पढ्दा अथवा लाइफ लङ एजुकेशन पाउने सन्दर्भमा यो स्कूलले मेरो बच्चालाई कस्तो शिक्षा प्रदान गर्छ त ? भन्ने कुरा अभिभावकको पहिलो प्राथमिकताको कुरा हुनुपर्छ । सुरुमा विद्यालयमा भर्ना गर्दा प्रायः अभिभावकहरूले मुख्यतया ३ वटा पक्षलाई ध्यानमा राखेर भर्ना गर्नुहुन्छ । पहिलो पक्ष भनेको मेरो बच्चालाई नरुवाई दिएको भए हुन्थ्यो, स्वस्थ तथा पौष्टिक खाना खुवाई दिए हुन्थ्यो र घाउ, चोट पटक नलाग्ने किसिमको वातावरण होस् । अर्को पक्ष भनेको अभिभावकहरुले कहाँ कस्तो वातावरण (भौतिक/व्यवहारीक) छ भन्ने कुरा पनि हेर्नुहुन्छ । र तेस्रो पक्ष भनेको सस्तो र सुलभ शिक्षा होस् भन्ने नै हो ।

वि किड्सको मूख्य उद्देश्य भनेको शिक्षा सँगसँगै बालबालिकाहरुको ५ वटा विभिन्न पक्षहरू शारिरीक, मानसिक, सृजनात्मक, सामाजिक तथा भावनात्मक र नैतीक विकासलाई पनि संग सँगै लैजानु नै हो ।

तर, विद्यालय शुल्कको कुरा नगरी अभिभावकको तीन वटा सोचाइलाई ध्यानमा राख्ने हो भने अवश्य पनि सुरुमा राम्रोसँग खाना खुवाइ दिओस्, चोट पटक नलागोस् र राम्रो वातावरण होस् भन्ने सोचले आएता पनि मुख्यतया भर्ना पूर्व यो प्री–स्कूलले मेरो बच्चालाई जीवनभरीको शिक्षा कसरी दिन्छ अथवा मेरो बच्चाको कसरी पठनपाठनको विकास गरिदिन्छ भन्ने कुरा अभिभावकले जान्न एकदमै जरुरी छ ।

प्री-स्कूलले बच्चाको संर्वाङ्गिक विकासमा भूमिका खेल्छ । संस्थापकदेखि टिचर, केयर टेकरहरु सबै जना अनुभवी हुन्छन । म्यानेजमेन्ट, अभिभावकसँगको डिल अनि सम्बन्ध राम्रो हुन्छ भने त्यो स्कूलेले मात्रै केटाकेटीलाई अहिलेको शिक्षाको माग अनुसारको काम गर्न सक्छन् । होइन भने लगानी गर्दै खोल्दै अथवा ट्रेनिङ प्राप्त टिचर राख्यो तर उनीहरुको कन्सेप्ट अनुसारको काम गर्न नदिने संस्थापकहरु पनि हुनुहुन्छ । त्यस्तो अवस्थामा स्कूलले, टिचरले गर्नुपर्ने काम शत प्रतिशत गर्न सक्नुहुन्न । त्यस्तो स्कूलहरु जुन नाममात्रको मन्टेश्वरी/प्रि-स्कूलहरूवाट अभिभावकहरु एकदमै सतर्क हुनुपर्छ । नत्र भने अभिभावकज्यूहरूको लगानी खेर जाने सम्भावन प्रवल हुन्छ । तसर्थ अभिभावकहरुले  सवै पक्षको अध्ययन गरेर मात्र विद्यालयमा वच्चालाई भर्ना गर्नुपर्छ ।

यसै सन्दर्भमा हाम्रो स्कूलको मूख्य उद्देश्य भनेको शिक्षा सँगसँगै बालबालिकाहरुको ५ वटा पक्ष शारिरीक, सामाजिक, भावनात्मक, नैतीक र मानसिक विकासलाई पनि सँगै लैजाने हो । त्यसका लागि हामीले एक्स्पोलर, लर्न, ग्रो को अवधारणा अनुसार शिक्षक देखि लिएर विद्यालयको भौतिक वातावरणका साथै कक्षा कोठा सम्म वच्चाहरूलाई सुहाउदों बनाएका छौं । त्यसै गरी प्लेस्टेशन लगायत विभिन्न खेलकुदका सामाग्रीहरूको पर्याप्त व्यवस्था, मन्टेश्वरी सिकाईका सामानहरू, फिल्ड भिजिट, विभिन्न सास्कृतिक तथा शैक्षिक कार्यक्रमहरू, कराते, योगा लगायत विभिन्न खेलकुद, संगित तथा डान्सका छुटै कक्षा, र समय समयमा बच्चाहरुको हेल्थ चेकअप गरेका छौं । साथै बच्चाहरुको लागि डाईटिशियन द्वारा तयार पारिएको शुद्ध तथा पौस्टिक खाना/ खाजा दिनको ३ पटक खुवाउने गरी व्यवस्था मिलाएको छौं ।