अटिजम भनेको के हो ?  
अटिजम भन्नाले बालबालिकामा लाग्ने कुनै प्रकारको रोग होइन । यो एउटा मस्तिष्कको विशेष अवस्था मात्र हो । यो एक किसिमको जन्मजात विशेष अवस्था हो । अटिजमलाई रोग भन्नु भनेको अटिजमप्रतिको गलत बुझाई हो । 
अटिजम भएका बालबालिकाको शारीरिक अवस्था सामान्य भए पनि सामाजिक सिप, सञ्चार सम्बन्धी सिप, र सिकाइको क्षमता कम हुन्छ । संक्षेपमा भन्नुपर्दा, अटिजम भन्नाले बालबालिकाको मस्तिष्क विकासको क्रममा आउने समस्या हो भन्ने बुझ्नुपर्छ । अटिजमलाई न्यूरो डेभलपमेन्ट डिसअर्डर भनिन्छ ।

अटिजम हुनुको कारण के हो ?  
यस विषयमा भए गरेका विभिन्न अध्ययन अनुसन्धानले यसको ठोस कारण यही हो भनेर किटान गर्न सकेको छैन । अटिजमलाई मुलतः वंशाणुगत गुणको प्रभाव हो भन्ने गरिन्छ । यसका आन्तरिक र अन्य कारणहरुमा दम्पत्तीले ३५ वर्ष भन्दा माथिको उमेरमा बच्चा जन्माएमा, २६ हप्ता भन्दा कम समयमा बच्चा जन्मिएमा, कम तौल भएका बच्चा जन्मिएमा, नवजात अवस्थाको बच्चामा विभिन्न प्रकारका रोगको सङ्क्रमण भएमा, एउटा बच्चा र अर्को बच्चाको जन्मान्तर कम भएमा पनि बच्चामा अटिजम हुनसक्छ । 

अटिजमको सामान्य लक्षणहरु के–के हुन् ?  

  • एक्लै खेल्न मन पराउने
  • आँखा जुधाउन नसक्नु 
  • अस्वभाविक रुपमा हाँस्ने वा कराउने,
  • उमेर अनुसार बोली नफुट्ने, 
  • आफू समान उमेरसमूहका साथीहरूसँग घुलमिल हुन मन नपराउने 
  • घाउचोट लाग्दा दुखाई महशुस नहुनु,
  • सामान्य दुखाई हुँदा चिच्याएर रुने कराउने गर्नु 
  • साङ्केतिक भाषाको प्रयोग गर्न नसक्नु 
  • उमेर अनुसार बौद्धिक क्षमता उत्कृष्ट नहुनु 
  • ठूलो आवाज सुन्दा कान थुन्ने 
  • झर्को लागेको जस्तो व्यवहार देखाउने 
  • एउटै मात्र खेलौना खेलिरहनु 
  • सामान्य शिक्षण विधिबाट पठनपाठन गर्न नसक्नु  

अटिजम हुन नदिने के गर्ने ?  

अटिजम भएको या नभएको कतिबेला शंका गर्ने ? 
अटिजम मस्तिष्कको बनावटमा हुने असन्तुलनका कारण उत्पन्न हुने जन्मजात समस्या हो। बालबालिकाले जन्मिएको १८ महिनादेखि २ वर्षभित्रमा आमा वा अभिभावकसँग कुनै पनि सञ्चार गर्न सकेनन् भने अटिजमको शंका गर्न सकिन्छ ।बालबालिकाले उमेरअनुसारको गतिविधि गरेका छैनन् वा असामान्य व्यवहार देखाउँछन् भने अटिजम भएको हुनसक्छ । समयमै पहिचान गर्न सके त्यस्ता बालबालिकाको उचित व्यवस्थापन गर्न सकिन्छ । अटिजम स्नायु तथा नसाको विकासमा आउने ह्रासले उत्पन्न हुने समस्या हो । यो जन्मजात नसा र तन्तुको विकासका क्रममा आएको असमानताको एउटा रूप हो । 

यो समस्या कसरी पहिचान गर्ने ?
अटिजममा बाहिरबाट हेर्दा कुनै रोग देखिँदैन । सामाजिक रूपमा घुलमिल हुन नसक्ने, कसैसँग कुरा गर्न गा¥हो हुने, आँखा नजुधाउने, एक्लोपन रुचाउने, अरूलाई आफ्नो कुरा बुझाउन नसक्ने र आफूले पनि बुझ्न नसक्ने तथा एउटै कुरा दोहो¥याउने आदि हुन्छ । इन्द्रियहरूको उतारचढावका कारण अटिजम भएका बालबालिकाले वातावरण, व्यक्ति र वस्तुप्रति अलग किसिमको प्रतिक्रिया देखाउँछन् । बालबालिका जन्मिएदेखि लगभग डेढदेखि दुई वर्षसम्म प्रस्ट रूपमा यसका लक्षण चिन्न गा¥हो हुन्छ । शारीरिक रूपमा धेरैजसो स्फुर्तिला देखिने यी बालबालिकाको भाषा विकास नभएको अभिभावकहरूले याद गर्छन् । धेरैजसो बालबालिकामा त स्कुल गएपछि मात्र यो समस्या पहिचान भएको पाइन्छ ।

अटिजम दुई प्रकारको हुन्छ, हाइपर र लो । हाइपर भए बालबालिकामा प्रकाश, गन्ध, स्वाद, वासनामा बढी संवेदनशील हुने र अत्यन्त कम हुने हुँदा ठूला सामान उठाउन सक्छन् भने साना सामान उठाउन सक्दैनन् ।

उपचार के हुनसक्छ ?
यो रोगको उपचार थेरापी नै हो । समयमै रोग पहिचान गरी विहेवियर थेरापी दिनु नै यसको महत्वपूर्ण उपचार हो । अटिजम भएका बालबालिकालाई सञ्चार गर्न, सामाजिक व्यवहार गर्न, विभिन्न थेरापी एवं खेलको माध्यम प्रयोग गर्न सकिन्छ । बालबालिकाका प्रथम गुरु नै अभिभावक हुन् । अभिभावकले नै उनीहरूसँग सबैभन्दा बढी समय बिताउने अवसर प्राप्त गर्छन् । त्यसैले यस्तो समस्या भएका बालबालिकाका अभिभावकले नै विहेवियर थेरापीको तालिम लिनु आवश्यक हुन्छ । उनीहरूले नै बालबालिकालाई घरका विभिन्न परिस्थितिमा, वातावरण सुहाउँदा खेल खेल्दै थेरापी दिनुपर्छ ।

अटिजम भएका बालबालिकालाई दिइने थेरापीहरु के के हुन् ? 
फिजियोथेरापीः फिजियोथेरापीमा प्रयोग गरिने विभिन्न विधिहरु जस्तैः व्यायाम, म्यानुपुलेसन, उपकरणको प्रयोग आदि मार्फत अटिजम भएको बच्चाको समस्या समाधान गर्ने प्रयास गर्दछ । 
स्पिच थेरापीः बच्चाहरुमा बोल्न सिकाउने, कुराकानी गर्न सिकाउने, आत्मविश्वास जगाउने, अरुसँग समायोजन गर्न सक्षम बनाउने आदिका लागि विशेष अभ्यास गराउने विधिबाट अटिजम बालबालिकामा अनेक विधिहरु सिकाउने गरिन्छ । 
अकुपेसनल थेरापीः दिनभरका गतिविधिहरु जस्तैः खानेकुरा पकाउन लगाउने, विभिन्न प्रकृतिका लुगा लगाउन दिने, कार्यक्रम सञ्चालन गर्न सिकाउने, खेल्न सिकाउने आदि अनेक कार्यमा संलग्न गराइन्छ । यसरी नै संवेदी एकीकरण चिकित्साका रुपमा प्रकाश एवं दृश्य, ध्वनि, स्पर्श, गन्धलगायत अन्य कुराहरुलाई प्रयोग गरी उपचार गरिन्छ । खेल चिकित्साका रुपमा विभिन्न खेलहरु खेलाएर र हेराएर उपचार गरिन्छ ।
संगीत चिकित्साः संगीतका विभिन्न विधाहरु जस्तै– नृत्य, गायन, वाद्यवादन आदिलाई  प्रयोग गरी बच्चाहरुको व्यवहारमा परिवर्तन ल्याउने, उनीहरुमा स्वस्थ मनोरञ्जन दिने, शारीरिक अभ्यासमा लगाउने र प्रस्तुतीकरण गराएर सामाजिकीकरणमा लैजाने जस्ता अभ्यासहरु गराइन्छ । 
कला थेरापीः चित्रकला, स्थापत्य कला, रंगहरुको प्रयोग, मूर्तिकलाका रुपमा विभिन्न आकारमा माटो वा अन्य वस्तु बनाउन र उनीहरुमा सृजनशीलता विकास गराउन सकिन्छ । यसरी नै अभिनय आदिको माध्यमले पनि उनीहरुमा शिक्षा दिएर व्यवहारमा परिवर्तन, प्रतिभाको विकास र उपचार गर्न सकिन्छ । 
व्यवहार थेरापीः यसले असमायोजित व्यवहारलाई समायोजन गर्न र सिकाइ तथा अभिप्रेरणाको लागि व्यवहार चिकित्साको प्रयोग गरिन्छ, जसले बच्चामा पुनर्बल प्राप्त भई सिक्न जागरुक हुन्छ । सामाजिक व्यवहार, कुराकानी र सञ्चार, दोहो¥याउने व्यवहारमा परिवर्तन आदि गर्नका लागि अप्लाइड बिहेवियर एनालाइसिस (एबीए) को प्रयोग गरिन्छ ।

योग थेरापीः योगका शीथिलीकरण, सूक्ष्म व्यायाम, आसन, प्राणायाम, धारणा, ध्यान, मुद्रा, मन्त्र, शोधन विधि आदिको प्रयोग गराई बच्चाहरुको शारीरिक तथा मानसिक स्वास्थ्य तथा व्यवहारमा सकारात्मकता ल्याउने प्रयास गरिन्छ । 
प्राकृतिक चिकित्सा थेरापीः मडथेरापी, हाइड्रोथेरापी, मसाजथेरापी, सनथेरापी, क्रोमोथेरापी, आहार तथा पोषण चिकित्सा, जडीबुटी, कल्प आदि पञ्चमहाभूत चिकित्साका विधिहरु तथा चुम्बकीय चिकित्सा, व्यायाम, जीवनशैली चिकित्सा, प्राकृतिक दृश्यावलोकन आदिलाई समावेश गरी बालबालिकाको अटिजमका समस्याहरुमा प्राकृतिक चिकित्सा प्रयोग गर्न सकिन्छ ।

यसबाट उनीहरुको शारीरिक तथा मानसिक क्षमताहरुको विकास, आरामीकरण, निर्विषीकरण तथा रोग–प्रतिरोधक क्षमताको समेत विकास हुन्छ ।